काठमाडौँ– काभ्रेको रोशी गाउँपालिकास्थित तालढुंगा क्षेत्रमा आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको बाढीपहिरोले बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बाढीले खोलासँगैको सडक बगाएको छ। बाढीले सडक सडक बगाउँदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो।
वर्षासँगैको बाढीले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ। बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाले अरनिको राजमार्गमा समेत सवारी आवागमनमा समस्या भएको प्रहरीको भनाइ छ।