आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समूहको ठहर - Chaitanya News
  • 2026-06-10
  • 00:03:50
  • मंगलबार,जेठ २६, २०८३
  • आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समूहको ठहर

    आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समूहको ठहर

    काठमाडामैं– नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ।

    शीर्ष नेताको उपस्थितिबिना काठमाडौँको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठुलो सङ्कटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ राखेको भुपेन्द्रजंग शाहीले सञ्चारकर्मीहरूलाई जानकारी दिए।

    आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउनेसमेत चेतावनी दिएर बैठक समापन गरेका छन्।