महिला विश्वकप: नाइजेरियालाई ४–२ ले हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा - Chaitanya News
  • 2026-07-28
  • 17:24:39
  • मंगलबार,साउन १२, २०८३
  • महिला विश्वकप: नाइजेरियालाई ४–२ ले हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

    महिला विश्वकप: नाइजेरियालाई ४–२ ले हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

    काठमाडौं– महिला विश्वकप फुटबलमा नाइजेरियालाई ४–२ ले हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा पुगेको छ।

    निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

    ८७औं मिनेटमा लाउरेन जेम्स रातोकार्ड पाउँदै बाहिरिए पछि इंग्ल्याण्ड १० खेलाडीमा सिमित भएको थियो।

    डी बक्समा विपक्षी खेलाडीलाई फल गरेपछि पहिला पहेँलो कार्ड पाएकी जेम्सले पछि भीएआरबाट रातोकार्ड पाएकी थिइन्।

    तर पनि उनको अभाव महसुस हुने गरी इंग्ल्याण्डले नाइजेरियालाई गोलको अवसर दिएन र पेनाल्टी सुटआउटमा पुगेको खेल जित्यो।