प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले गरे पुराना मुद्दा फर्छ्यौटबारे छलफल - Chaitanya News
  • 2026-11-17
  • 23:53:14
  • मंगलबार,मंसिर ०२, २०८३
  • प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले गरे पुराना मुद्दा फर्छ्यौटबारे छलफल

    प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले गरे पुराना मुद्दा फर्छ्यौटबारे छलफल

    काठमाडौँ– नवनियुक्त कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले पुराना मुद्दा फर्छ्यौटबारे छलफल गरेका छन्। हिजो (आइतबार)देखि प्रधानन्यायाधीशको जिम्मेवारी समालेका श्रेष्ठले पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनबारे सर्वोच्च अदालतका न्यायाधीशहरूसँग छलफल गरेका हुन्।

    न्यायालयको सेवा थप प्रभावकारी बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका श्रेष्ठले न्यायाधीशहरू र कर्मचारीको मनोबल बढाउन आफू प्रयत्नशील रहेको बताएका छन्। उनले न्यायिक सुधारका लागि उच्च र जिल्ला अदालतका न्यायाधीशहरूसँग छलफल गर्नेसमेत बताए।