सय किलो सुन प्रकरणको फाइल छानबिन गर्न सीआईबीलाई जिम्मा लगाइयो - Chaitanya News
  • 2026-11-17
  • 23:53:19
  • मंगलबार,मंसिर ०२, २०८३
  • सय किलो सुन प्रकरणको फाइल छानबिन गर्न सीआईबीलाई जिम्मा लगाइयो

    सय किलो सुन प्रकरणको फाइल छानबिन गर्न सीआईबीलाई जिम्मा लगाइयो

    काठमाडौँ– सय किलो सुन प्रकरणको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिम्मा लिएको छ। अहिलेसम्म राजस्व अनुसन्धान विभागले सम्हाल्दै आएको यो अनुसन्धान आज राजस्व विभागले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।

    विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सम्पूर्ण प्रकाउ परेका व्यक्ति, सामान र अन्य सामग्री प्रहरीलाई हस्तान्तरण गरिएको हो।

    अन्य कानून पनि आकर्षित हुने र टुंगोमा पुऱ्याउन प्रहरीलाई दिइएको उनले बताए।

    साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। जसमा ३ जना विदेशी छन्।