काँग्रेसलाई दक्षिणपन्थी टिप्पणी गर्दै झलनाथ खनालले भने: एमाले शत्रु शक्ति ठान्नु गलत - Chaitanya News
  • 2026-11-17
  • 23:58:08
  • मंगलबार,मंसिर ०२, २०८३
  • काँग्रेसलाई दक्षिणपन्थी टिप्पणी गर्दै झलनाथ खनालले भने: एमाले शत्रु शक्ति ठान्नु गलत

    काँग्रेसलाई दक्षिणपन्थी टिप्पणी गर्दै झलनाथ खनालले भने: एमाले शत्रु शक्ति ठान्नु गलत

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले काँग्रेसले एमालेलाइ शत्रु शक्ति ठान्नु गलत भएको बताएका छन। काँग्रेस दक्षिणपन्थी टिप्पणी गर्दै उसविरुद्धको सङ्घर्ष केन्द्रित गर्नुपर्ने प्रस्ताव पेस पनि गरेका छन्।

    पार्टीको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले काँग्रेसलाई मित्र र एमालेलाई शत्र शक्ति ठान्न नहुने उल्लेख गरेका छन्।

    खनालले राजनीतिक प्रतिवेदनमा एमालेसँग सौद्धान्तिक अन्तरविरोध भएपनि राजनीतिक रूपमा मित्र शक्ति ठान्नुपर्ने बताएका छन्।

    खनालले प्रस्तुत गरेको १६ पृष्ठको राजनीति प्रतिवेदनमा काँग्रेस मुख्य दक्षिणपन्थी रहेको बताएका छन्। ‘यतिबेला मुख्यतः दक्षिणपन्थी शक्ति नेपाली काँग्रेसको नेतृत्व र व्यापक जनताको बीचको अन्तर्विरोध प्रधान राजनीतिक अन्तरविरोध हो,’ उनले भनेका छन् ‘अरु सबै प्रतिक्रियावादी गुटहरूसँगको अन्तरविरोधहरू तिखा भएर पनि तिनीहरू सबै गौण अन्तर्विरोध नै हुन्।

    उनले सबै वामपन्थी राजनीतिक समूह वा समाजवादी तथा लोकतान्त्रिक राजनीतिक समूहहरूसँगका राजनीतिक अन्तरविरोधहरू मित्रतापूर्ण अन्तरविरोधहरू भएको बताएका छन्।

    एमालेलाई शत्रु शक्ति घोषणा गरेर जाने र दक्षिणपन्थी शक्तिलाई मित्र ठान्ने धारणाबाट सतर्क हुनुपर्ने बताएका छन्।

    ‘