काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको कुरा उठाएपछि आफुहरुलाई दुई पटक जेल हाल्ने गरेको बताएका छन। आज (आइतबार) पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भ्रष्टाचारविरुद्धको अभियान नयाँ क्रान्तिको सुरुवात भएको पनि बताएका छन्।
कमलादीमा आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ले ललिता निवास जस्ता थुप्रै प्रकरणका फाइल खोलिएको बताए।
सरकारले थालेको भ्रष्टाचार विरोधी अभियान सम्पूर्ण भूमाफियाविरूद्धको चुनौती भएको उनको भनाइ छ।
अध्यक्ष प्रचण्डले भ्रष्टारविरुद्ध खुलेका सबै फाइल एउटा निचोडमा नपुगेसम्म बन्द नहुने बताए।