काठमाडौँ– परराष्ट्र मन्त्री एनपी साउदले पासपोर्टको विषयमा सहजीकरणको लागि आवश्यक निर्देशन दिएको बताएका छन्। उनले पासपोर्ट बनाउँन भीड हुने समस्या भएकोले सहजीकरणको लागी आवश्यक निर्देशन दिएको बताएका हुन्।
आज (आईतबार) काठमाडौँमा आयोजित परराष्ट्र मन्त्रीबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पासपोर्ट बनाउँन भीड हुने समस्या भएकोले राज्यले प्रबन्ध गर्नुपर्ने सेवा सुविधा एकैठाउँबाट स्तरीय दिन सकेमा प्रशासनिक काममा पनि सहजीकरण हुने भन्दै आवश्यक निर्देशन दिएको बताएका हुन्।
यस्तै साउदले भने,‘ पासपोर्ट बनाउँन भीड हुने सन्दर्भमा सरकारमा उच्च स्थरमा छलफल गरिरहेका छौं। वायोमेट्रिकदेखि लिएर बिभिन्न कुरा एकै सरकारले हाम्रै सरकारी कार्यालयले पटक पटक ठाउँ ठाउँबाट किन गर्ने जुन ठाउँबाट यस्ता सेवा सुविधा राज्यले प्रबन्ध गर्नुपर्ने त्यो एकैठाउँबाट स्तरीय दिन सक्यौ भने समय वर्वाद पनि गर्दैन र प्रशाासनीक काम पनि सहजीकरण हुन्छ। त्यसैले पासपोर्टमा पनि आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।’