काठमाडौँ– छिमेकी देश बंगलादेशमा डेंगु संक्रमण भयावह बन्दै गएको छ।
शुक्रवार र शनिवार बेलुका सम्मको पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा डेङ्गु संक्रमित १० जना बिरामीको मृत्यु भएको छ, भने ९ हजार ३ सय ३४ डेंगुका बिरामी उपचार गराइरहेका छन्।
बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको जानकारी अनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६८० डेंगु बिरामीहरू अस्पतालमा भर्ना भएका छन् भने ढाका बाहिरका विभिन्न अस्पतालहरुमा ४ हजार ६५४ बिरामी उपचाररत छन्। डेंगु संक्रमणबाट यो वर्ष मात्र ३०३ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य विज्ञहरूले यो महिना र अर्को महिनामा डेंगुको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारका लामखुट्टे बिरुद्ध व्यापक अभियान चलाउन अधिकारीहरूलाई आग्रह गरेका छन्। बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरूले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुन्छ।
यस्तै विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ। एशियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ। नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ।