ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े, कसरी गर्ने लाइभ - Chaitanya News
  • 2026-05-24
  • 23:53:27
  • आइतबार,जेठ १०, २०८३
  • ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े, कसरी गर्ने लाइभ

    ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े, कसरी गर्ने लाइभ

    काठमाडौं– ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ।

    ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन्। नेपालबाट समेत लाइभ गर्न सकिएको छ।

    लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ। त्यसपछि आउने स्पेसेस, फोटोज, गिफ र पोस्टमध्ये पोस्ट गर्ने अप्सनमा क्लिक गर्नुपर्छ।

    पोस्टमा क्लिक गरेपछि त्यहाँ क्यामेरा जस्तो देखिने आइकन छ। त्यसमा क्लिक गरेपछि फोटो, भिडियो र लाइभ जान सकिने भनेर देखाउँछ र कन्ट्युन्यू गरेपछि त्यहाँ भिडियो, क्याप्चर र लाइभ भन्ने अप्सन देखिन्छ। त्यसपछि जोकोही पनि ट्वीटरबाट लाइभ गर्न सक्ने छन्।

    यो फिचरका लागि अटो अपडेट भएको छैन भने एक्सको एप अपडेट गर्नुपर्ने हुन्छ।

    उनले ट्वीटरमा भनेका छन्, ‘लाइभ भिडियो अब राम्रोसँग काम गरिरहेको छ। मात्र तपाईले क्यामेराको आइकन भएको ठाउँमा क्लिक गर्नुपर्नेछ।’

    यसघि एलन मस्कले ट्वीटरको लोगो चरालाई हटाएर एक्स राखेका थिए।