प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडेको त्रिवि उपकुलपति बास्कोटाको आरोप - Chaitanya News
  • 2026-05-03
  • 13:24:05
  • आइतबार,बैशाख २०, २०८३
  • प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडेको त्रिवि उपकुलपति बास्कोटाको आरोप

    प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडेको त्रिवि उपकुलपति बास्कोटाको आरोप

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरुले प्राध्यापकले विद्युतीय हाजिरी मेसिन बोकेर हिडेको आरोप लगाएका छन। आज (शुक्रबार) संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको शिक्षा, वाय तथा सुचना समिति बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाइ तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको आरोप लगाएका छन्।

    ‘हाम्रा त शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन। आएर हाजिर गर्‍यो, तलव बुझ्ने चलन। यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरुले बोकेर हिँडिदिए’, उनले भने।

    उनले मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गरे।

    उपकुलपति बास्कोटाले उनीहरुलाई कारबाहीका लागि आफूहरुले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसहरुले लुटेर लगेको र त्यो तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत जनाए।