क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गरे क्रिकेटबाट सन्यासको घोषणा - Chaitanya News
  • 2026-06-06
  • 20:52:39
  • शनिबार,जेठ २३, २०८३
  • क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गरे क्रिकेटबाट सन्यासको घोषणा

    क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गरे क्रिकेटबाट सन्यासको घोषणा

    काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

    आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका हुन्।

    यो संगै उनले घरेलु क्रिकेट पनि नखेल्ने बताए।

    सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए। यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन्।

    सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेले।

    सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे।

    २०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए। उनी २०७८ मंसिरसँग नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए।