चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सिफारिसका लागि सरकारले गर्‍यो समिति गठन - Chaitanya News
  • 2026-07-16
  • 16:15:19
  • बिहिबार,आषाढ ३२, २०८३
  • चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सिफारिसका लागि सरकारले गर्‍यो समिति गठन

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सिफारिसका लागि सरकारले गर्‍यो समिति गठन

    काठमाडौँ– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि सकारले समिति गठन गरेको छ। आज (मङ्गलवार) मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष नियुक्तिका लागि समिति गठन गरेको सरकारकी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

    चिकित्सा शिक्षा आयोग ऐन अनुसार आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि ३ सदस्यीय समिति रहने व्यवस्था छ। लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने समितिमा मुख्य सचिव वा मुख्य सचिवले तोकेका प्रधानमन्त्री कार्यालयका एक जना सचिव र चिकित्सा क्षेत्रको प्राध्यापकहरूमध्ये सरकारले एक जना महिला रहने व्यवस्था छ।

    मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको सदस्यमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानकी प्राध्यापक डा। लोचना श्रेष्ठलाई तोकेको छ। आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको पदावधि सकिन लागेकाले सरकारले अर्को उपाध्यक्ष नियुक्ति सिफारिसका लागि समिति बनाएको हो।