मेलबर्न — जर्मनी वुमेन्स वर्ल्डकप २०२३ बाट बाहिरिएको छ। दक्षिण कोरियासँग समूह ‘एच’ को खेलमा १–१ को बराबरी खेलेपछि जर्मनीले यो नियति भोगेको हो।
महिला विश्वकप इतिहासमा यसलाई अहिलेसम्मकै एक अप्रत्यासित नतिजा मानिएको छ। जर्मनी महिला विश्वकपको समूह चरणमै रोकिएको यो पहिलोपल्ट हो।
समूहको अर्को खेलमा मोरक्कोले कोलम्बियालाई १–० ले हरायो र यस जितसँगै अन्तिम १६ पुग्न सफल रह्यो। यस हारका बाबजुत कोलम्बिया भने ६ अंकमा समूहको शीर्षमा रह्यो। मोरक्कोको पनि समान ६ अंक भयो। जर्मनी भने ४ अंकमै सीमित रह्यो। दक्षिण कोरिया १ अंकमात्र बटुल्न सफल रह्यो।