फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही हुने - Chaitanya News
  • 2026-11-19
  • 01:03:47
  • बुधबार,मंसिर ०३, २०८३
  • फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही हुने

    फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही हुने

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका अस्पतालहरुलाई एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

    हालसम्म आफ्नै स्वामित्वमा फार्मेसी नरहेका सबैखाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

    निर्देशनअनुसार नगरे कानुनबमोजिम कारबाही अघि बढाइने मन्त्रालयले पनि जनाएको छ ।