काठमाडौं- फेसन एम्पायरले राजधानीमा शनिबारबाट सुरु गरेको रोयल्टी अफ फेसन एम्पायरको पहिलो संस्करणको सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ।
उक्त संस्करणको विजेता त्रिशक्ति भुजेल र प्रिन्सा नकर्मि बनेका छन्। प्रतियोगितामा सहभागी मध्येबाट सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी अनिश्मा खातीले सेकण्ड रनरअपको उपाधि जितेकी छन्।
उनको रूचि लेख्न, गाउन र नाच्नमा रहेको छ। साथै नयाँ कुरा सिक्न, अन्वेषण गर्न मनपराउने उनले सौन्दर्य प्रतियोगितामा यो पहिलो अनुभव रहेको बताएकी छन्। सानैदेखि काठमाडौंमा हुर्केता पनि आफ्नो जन्मथलो बझाङ र सुदूर पश्चिमको संस्कृति र रीतिरिवाजको आभास उनमा रहेको पाइएको छ।
ट्यालेन्ट राउन्डमा डेउडा गीतमा नाचेर उनले यस कुराको पुष्टि गरेकी छन्। त्यतिमात्र नभएर उनले प्रतियोगितामा मिस कन्फिडेन्ट, मिस ट्यालेन्ट र बेस्ट फिगरको उपाधी उचालेकी छन्।
कार्यक्रममा विभिन्न समूहको न्यृत्य र गायन प्रस्तुति पनि रहेको थियो। अर्का सिजन टु पनि छिट्टै आयोजना गर्ने आयोजक टिमले जनाएको छ।
![]()