Chaitanyakhabar
काठमाडौँ– नेपाल राष्ट्र बैंकले सह–प्रवक्ता तथा सूचना अधिकारीमा डिल्लीराम पोख्रेल नियुक्त भएका छन।
२०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन्।
गौराले जोडेको सुदूरपश्चिम: आस्था, संस्कृति र आत्मीयताको पर्व
आज ‘श्रीकृष्ण जन्माष्टमी’ देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
भोटेकोशी बाढी अपडेटः १,२९० शव फेला पर्दाख १,१४१ को पहिचान खुल्न सकेन
‘विपत्ति र चुनौतीहरू आउँछन्,जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्’ : प्रधानमन्त्री शाह
वर्षभरि काम, रोजगारी र अध्ययनका लागि घरबाहिर रहेका मानिसहरू गाउँ फर्किएपछि यतिबेला सुदूरपश्चिमका गाउँघरमा छुट्टै चहलपहल छ। आँगनमा मानिसको जमघट बढेको छ, मन्दिरमा पूजाआजा भइरहेको छ र साँझपख देउडाको भाकाले गाउँबस्ती गुञ्जायमान बन्न थालेका छन्। सुदूरपश्चिमेलीहरूको प्रमुख सांस्कृतिक पर्व गौरा ले यतिबेला प्रदेशका पहाडी तथा तराईका बस्तीमा यही रौनक ल्याएको छ। भदौ शुक्ल पञ्चमीदेखि सुरु…
काठमाडौँ– भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदै छ। कृष्णमन्दिरहरूमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ भने पूजा–आराधना, भजन–कीर्तन, प्रवचन तथा व्रत बस्ने क्रम जारी छ। भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार वैदिक सनातन धर्मावलम्बीले आजको दिनलाई विशेष पर्वका रूपमा मनाउने गर्छन्। जन्माष्टमीको रातलाई ‘मोहरात्रि’…
रसुवा– भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानसँगै मृतकको पहिचान गर्ने काम पनि चुनौतीपूर्ण बनेको छ। हालसम्म १,२९० जनाको शव फेला परे पनि तीमध्ये १,१४१ जनाको पहिचान हुन सकेको छैन। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। यसबाहेक ५३२ वटा…
त्रिशूली (नुवाकोट)– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको दीर्घकालीन पुनर्स्थापना र सुरक्षित बसोबासका लागि नयाँ बस्ती निर्माणको पहल थाल्नुपर्नेमा जोड दिइएको छ। बाढीबाट प्रभावित विदुर नगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत अवस्था बुझ्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अबको प्राथमिकता पुनरुत्थानलाई बनाउनुपर्ने बताएकी हुन्। बिहीबार नुवाकोट पुगेकी मन्त्री रावलले बाढीबाट सबैभन्दा…
काठमाडौँ– आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ…
धनगढी– भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि चैतन्य परिवारले सञ्चालन गरेको सहयोग अभियानअन्तर्गत हालसम्म २ लाख ५१ हजार ९५६ रुपैयाँ संकलन भएको छ । विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले चैतन्य परिवारले सुरु गरेको अभियानमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौं र बुटवलमा रहेका चैतन्य परिवारका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएका छन् । अभियानअन्तर्गत…