नेपाल मेडिकल बोर्डले गर्‍यो सरकारी कर्मचारीलाई दिने सिफारिस पत्रमा कडाइ - Chaitanya News
  • 2026-05-03
  • 13:24:20
  • आइतबार,बैशाख २०, २०८३
  • नेपाल मेडिकल बोर्डले गर्‍यो सरकारी कर्मचारीलाई दिने सिफारिस पत्रमा कडाइ

    नेपाल मेडिकल बोर्डले गर्‍यो सरकारी कर्मचारीलाई दिने सिफारिस पत्रमा कडाइ

    काठमाडौँ– नेपाल मेडिकल बोर्डले सरकारी कर्मचारीहरूलाई दिने गरेको सिफारिस पत्रमा कडाइ गरेको छ।

    सरकारले काजमा रहेका कर्मचारीलाई दरबन्दी भएको स्थानमा जान निर्देशन दिएपछि रोग भएको प्रमाणित गर्न मेडिकल बोर्डमा सिफारिस बनाउन भीड लाग्न थालेको छ।

    कर्मचारीहरूले आफ्नो सुविधाका लागि सहज रूपमा सिफारिस पत्र बनाउन थालेपछि बोर्डले कडाइ गर्न थालेको हो।

    सरकारी कर्मचारीमा स्वास्थ्य समस्याका कारण उपचार गराउनुपर्ने वा विदेशमा उपचार जानका लागि मेडिकल बोर्डले सिफारिस दिने गर्छ। उनीहरूले सरकारबाट पाउनुपर्ने कानुनी सहुलियत पाउने गर्छन्।

    तर, पछिल्ला दिनमा बिरामीको भएको बाहनामा सिफारिस बनाउन आउने बढ्न थालेपछि बोर्डले १० साउनमा सूचना जारी गर्दै सिफारिस पत्र पाउनका लागि केही प्रक्रिया पूरा गर्न पर्ने जनाएको छ।