काठमाडौं- नेपाली सेनाले पत्रकारका लागि विज्ञापन आह्वान गरेको छ। सेनाले प्राविधिक उपसेनानी समाचार सम्पादक/वाचक र प्राविधिक अमल्दार श्रव्य सामग्री, पत्रपत्रिका एवम् विद्युतीय समाचार प्रचार प्रसारका लागि विज्ञापन आह्वान गरेको हो।
प्राविधिक उपसेनानी समाचार सम्पादक/वाचकका लागि आम सञ्चार तथा पत्रकारितमा स्नातक गरेको र प्राविधिक अमल्दार श्रव्य सामग्री, पत्रपत्रिका एवम् विद्युतीय समाचार प्रचार प्रसारका लागि एसईई वा सो सरह उत्तीर्ण हुनुपर्ने छ।
