अघिल्लो वर्षजस्तो मलको अभाव छैन : मन्त्री भुसाल - Chaitanya News
  • 2026-05-26
  • 10:37:55
  • मंगलबार,जेठ १२, २०८३
  • अघिल्लो वर्षजस्तो मलको अभाव छैन : मन्त्री भुसाल

    अघिल्लो वर्षजस्तो मलको अभाव छैन : मन्त्री भुसाल

    काठमाडौं– कृषिमन्त्री बेदुराम भुसालले अघिल्लो वर्षजस्तो मलको अभाव नभएको बताएका छन्। आज (सोमबार)सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्। यस्ते उनले हालः दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मलको अभाव नहुने पनि बताए।

    उनले मल आयात गर्ने जिम्मेवारी संघीय सरकारको भए पनि वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहको भएको जानकारी दिए। अहिले स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने र यसमा मन्त्रालय गम्भीर रहेको उनले बताए।

    मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको भन्दै कुनै दुविधा नराख्न आग्रह गरे। यस वर्षका लागि आवश्यक मलका लागि टेन्डरसमेत भइरहेको उनको भनाइ छ। उनले बजेटका कारण समयमा नै मल ल्याउन समस्या भएको र मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्ने भएकाले समयमा नै तयारी गर्नुपर्ने बताए।

    उनले मल कारखाना सुरु गर्नका लागि अध्ययन प्रक्रियामा गएको स्पष्ट पारे। छलफलपछि समितिका ज्येष्ठ सदस्य विनोदकुमार चौधरीले मल अभाव नहुनेगरी वितरणको रोडम्याप सम्बन्धीत मन्त्रालयसँग माग गर्ने बताए।