सहकारीमा फसेको रकम फिर्ता माग्दै नेपाली फिम्मका दुई अभिनेत्र बसुन्धरा भुसाल र चैत्यदेवी बसे माइतीघरमा धर्ना - Chaitanya News
  • 2026-11-18
  • 19:34:11
  • बुधबार,मंसिर ०३, २०८३
  • सहकारीमा फसेको रकम फिर्ता माग्दै नेपाली फिम्मका दुई अभिनेत्र बसुन्धरा भुसाल र चैत्यदेवी बसे माइतीघरमा धर्ना

    सहकारीमा फसेको रकम फिर्ता माग्दै नेपाली फिम्मका दुई अभिनेत्र बसुन्धरा भुसाल र चैत्यदेवी बसे माइतीघरमा धर्ना

    काठमाडौं– सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै नेपाली फिम्मका दुई अभिनेत्री बसुन्धारा भुसाल र चैत्यदेवी धर्नामा बसेकी छन। सहकारी पीडितहरु ६१ दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका हुन्।

    उनीहरुले आफुले जम्मा गरेको सहकारीको रकम एकमुष्ट पाउनुपर्ने लगायतका माग राख्दै धर्नालाई निरन्तरता दिइरहेका छन्।

    अभिनेत्रीद्धय भुसाल र चैत्यदेवी आफ्नो सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै धर्नामा सहभागी भएका हुन्। अभिनेत्रीद्धयले सोमबार राति १० बजेसम्म माइतीघरमा धर्ना दिने बताइको छ।

    आफुहरुको फसेको रकम फिर्ता पाउन पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन्। तर कहींबाट पहल नभएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको उनीहरुले जनाएका छन्।

    चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ। साथै, उनीहरुको सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ।