अध्यक्ष दाहाललाई मोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित - Chaitanya News
  • 2026-11-18
  • 19:33:51
  • बुधबार,मंसिर ०३, २०८३
  • अध्यक्ष दाहाललाई मोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित

    अध्यक्ष दाहाललाई मोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित

    काठमाडौं– पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्ने निलम्बन भएका छन। उनलाइ नेपाली कांगे्रसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संग (नेविसंघ) ले निलम्बन गरेको हो।

    नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गरी केहीलाई निलम्बन र केहीलाई नसियत दिएको बताएका छन्। तर उनीहरुको नाम विज्ञप्तिमा खुलाइएको छैन।

    ‘पूर्वाञ्चल विश्वविद्यालयको घटनामा नेविसंघमा आवद्ध केही व्यक्तिहरुको संलग्नता पुष्टि भएको हुँदा नेपाल विद्यार्थी संघको विधान, २०२७ (सातौं संशोधन २०७५) बमोजिम अनुशासनको कारवाही गरी केहीलाई निलम्बित गरिएको छ भने केहीलाई नसियत दिइएको छ’, विज्ञप्तिमा भनिएको छ।

    २९ जेठमा नेविसंघका केही विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहाललाई क्वार्टरमै पुगेर मोसो दलेका थिए।

    नेविसंघ केन्द्रीय कार्य समितिले घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको थियो। समितिले घटनामा संलग्न व्यक्तिहरुलाईस्पष्टीकरण सोधी सफाइको मौका समेत प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ। मागहरु जायज भएपनि कालोमोसो दल्ने कार्य नेविसंघको आदर्श, मूल्य मान्यताको विपरीत भएको हुँदा यस्तो कार्यमा क्षमा नहुने अध्यक्ष शेर्पाले बताएका छन्।

    विज्ञप्ति