पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्समा मुसा भेटिएको छ। विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएक छ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए। उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन्।
पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११–५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको उनको भनाइ छ।