एनआरएनए इराकको अध्यक्षमा विनोद श्रेष्ठ - Chaitanya News
  • 2026-11-18
  • 19:22:22
  • बुधबार,मंसिर ०३, २०८३
  • एनआरएनए इराकको अध्यक्षमा विनोद श्रेष्ठ

    एनआरएनए इराकको अध्यक्षमा विनोद श्रेष्ठ

    काठमाडौँ— गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकको अध्यक्षमा बिनोद श्रेष्ठ चयन भएका छन्। इराकको स्वशासित राज्य कुर्दिस्तानमा सम्पन्न चौथो महाधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो‚ जसमा वरिष्ठ उपाध्यक्ष सलामसिंह लामा, उपाध्यक्षद्वय निम दोर्जे शेर्पा र तुलबहादुर सेन, महिला उपाध्यक्ष रमिना याखा चुनिएका छन्।

    महाधिवेशनले महासचिव छिरिङ तामाङ, उपमहासचिव वनमा घोले, सचिवत्रय पूर्णहाङ लिम्बू, भेषबहादुर गुरूङ र मेघबहादुर तामाङ, कोषाध्यक्ष अर्जुन तामाङ, सह–कोषाध्यक्षद्धय सुनिल अधिकारी र सरिश तामाङ, प्रवक्ता इन्दिरा बज्राचार्य लामा, महिला संयोजक रेश्मा तामाङ, युवा संयोजक सन्तोष गुरूङ, कलाकार संयोजक कान्छा लामा तामाङ, खेलकुद संयोजक डिलप्रसाद मगर, युवा सहसंयोजक विलेन शेर्पा, कलाकार सहसंयोजक सरोज कार्की, खेलकुद सहसंयोजक राजकुमार राईलाई चयन गरिएको हो।

    त्यस्तै सदस्यहरू प्रकाश बस्नेत, सनम शेर्पा, टीकाबहादुर विश्वकर्मा, रूद्रकुमार मिश्र, रामबहादुर पुलामी, शान्ता थापा, महिमा लकन्दरी, गंगाराम मगर, नइन्द्रकुमार राई, चुनाबहादुर थापा मगर, विष्णु माया गोले, कुन्चाङ घले, सविना महर्जन र विष्णु ढकाल निर्वाचित भएका छन्।