दसैँका लागि गाउँघर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान - Chaitanya News
  • 2026-07-19
  • 20:08:46
  • आइतबार,साउन ०३, २०८३
  • दसैँका लागि गाउँघर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान

    दसैँका लागि गाउँघर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान

    काठमाडौं– दसैँका लागि गाउँघर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ।

    कोरोना महामारीले अघिल्ला दुई वर्षसम्म दसैँ बिथोलियो। यसपटक दसैँको रौनकता बढेको छ। यसपटक झन्डै २० लाख मानिसले काठमाडौं उपत्यका छोडेका छन्।

    सधैँ भिडले थिचिने काठमाडौं सुनसान बनेको छ। सडकमा गाडीको संख्या निकै घटेको छ। सार्वजनिक गाडी फाट्टफुट्ट मात्रै चलेका छन्। अधिकांश पसल बन्द छन्।