धरानमा डेङ्गुका कारण ८ जनाको मृत्यु, २ हजार तीन सय ५३ जना सङ्क्रमित - Chaitanya News
  • 2026-05-03
  • 12:23:22
  • आइतबार,बैशाख २०, २०८३
  • धरानमा डेङ्गुका कारण ८ जनाको मृत्यु, २ हजार तीन सय ५३ जना सङ्क्रमित

    धरानमा डेङ्गुका कारण ८ जनाको मृत्यु, २ हजार तीन सय ५३ जना सङ्क्रमित

    विराटनगर– धरानमा डेङ्गुका कारण ८ जनाको मृत्यु भएको छ,भने २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएका छन।

    धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए।

    उका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो। यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छ।

    संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ। विपिमा डेङ्गुका लागि छुट्टै क्लनिक पनि सञ्चालन गरिएको छ।