राष्ट्र महिला विश्वकप: आयोजक न्युजिल्यान्ड नवौं पहिलो चरणबाटै बाहिरियो - Chaitanya News
  • 2026-06-06
  • 20:53:40
  • शनिबार,जेठ २३, २०८३
  • राष्ट्र महिला विश्वकप: आयोजक न्युजिल्यान्ड नवौं पहिलो चरणबाटै बाहिरियो

    राष्ट्र महिला विश्वकप: आयोजक न्युजिल्यान्ड नवौं पहिलो चरणबाटै बाहिरियो

    काठमाडौँ– महिला विश्वकप फुटबल प्रतियोगितामा आयोजक न्युजिल्यान्ड ‘नवौं समूहगत चरणबाटै बाहिरिएको छ। न्युजिल्यान्ड विश्वकपको समूहगत चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र पनि बनेको छ।

    समूह ‘ए’ अन्तर्गतको आइतबार भएको खेलमा स्विट्जरल्यान्डले न्युजिल्यान्डलाई गोलरहित बराबरीमा रोक्यो।

    उक्त नतिजापछि न्युजिल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको हो। सोही समूहको आइतबार नै भएको अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६—० गोलले हरायो । उक्त नतिजासँगै समूह ‘ए’ को सबै खेल पनि सकिएको छ।

    समूह ‘ए’ बाट पाँच अंकसहित स्विट्जरल्यान्ड र चार अंकसहित नर्वे नकआउट चरणमा पुगेका छन्। चार अंक जोडेको न्युजिल्यान्ड र तीन अंक बटुलेको फिलिपिन्स भने समूहगत चरणबाटै बाहिरिएका छन्।