मुखको सुरक्षा कसरी गर्ने? - Chaitanya News
  • 2026-11-17
  • 22:36:10
  • मंगलबार,मंसिर ०२, २०८३
  • काठमाडौं- मुख शरीरको महत्वपूर्ण अंग हो। खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका रहन्छ। त्यसैले मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। मुखको सफाइ नगर्दा गन्ध आउने समस्या हुन्छ। त्यसका साथै दाँत र गिजामा विभिन्न रोग निम्तिन सक्छ।

    दातलाई सुरक्षित राख्न धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खानुपर्छ। धेरै तातो र धेरै चिसो खाने कुराको सेवनमा ध्यान दिनुपर्छ। मादक पदार्थ, धूम्रपान र सुर् पदार्थको सेवन गर्नु हुँदैन।

    हतारमा जोडसँग घोटेर दाँत माझ्नु हुँदैन। मुखमा खाने कुरा राखेर सुत्नु पनि हुँदैन। बच्चाको मुखमा दूधको बोतल राखेर सुताउनु हुँदैन।

    बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने गर्नुपर्छ। रेसा युक्त पोसिलो खानेकुरा खानेकुरा खानु पर्छ।

    पानी प्रशस्तमात्रामा पिउनुपर्छ। वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ।

    नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने गर्नुपर्छ। फ्लोराइडयुक्त मन्जन प्रयोग गर्नुपर्छ।

    हरेक ५ महिनामा दाँत जँचाउने गर्नुपर्छ। डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ। मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो।