चैतन्यले आयोजना गर्ने राष्ट्रिय समेमिनारमा अर्थमन्त्री प्रमुख अतिथि रहने - Chaitanya News
  • 2026-11-17
  • 22:36:30
  • मंगलबार,मंसिर ०२, २०८३
  • चैतन्यले आयोजना गर्ने राष्ट्रिय समेमिनारमा अर्थमन्त्री प्रमुख अतिथि रहने

    चैतन्यले आयोजना गर्ने राष्ट्रिय समेमिनारमा अर्थमन्त्री प्रमुख अतिथि रहने

    काठमाडौं- चैतन्य एकेडेमीले हरेक वर्ष दसैंको पूर्वसन्ध्यामा आयोजना गर्ने सुशासन र समृद्धि केन्द्रित सेमिनारको १०औं श्रृङ्खला स्वरुप आगामी असोज १२ र १३ गते धुलिखेलमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक सेमिनारको आयोजना गर्ने भएको छ।

    यस वर्षको कार्यक्रममा प्रमुख अतिथि अर्थ मन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत रहने कार्यक्रम संयोजक गणेश प्रसाद जोशीले बताए। ‘हामीले प्रमुख आतिथ्यताको लागि अर्थ मन्त्रीज्यूलाई अनुरोध गरिसकेका छौं। उहाँले कार्यक्रममा सहभागीता जनाउने बताउनु भएको छ’, जोशीले भने।

    चैतन्यले विगत ११ वर्षदेखि मानव संशाधन विकास, व्यवस्थापन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा निरन्तर काम गरिरहेको छ। ‘हामीले प्रवाह गर्ने नियमित सेवाका अतिरिक्त सरकारी एवं गैरसरकारी क्षेत्रका विभिन्न निकाय तथा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीको क्षमता विकासका लागी देशका दर्जनौं जिल्लाहरूमा सयौं सेमिनार, तालिम र कार्यशाला सञ्चालन गरिसकेका छौं। संस्थाले समाज र देशप्रतिको उत्तरदायित्व वहन गर्दै एउटा सामाजिक अभियानका रूपमा सन् २०१४ देखि हरेक वर्ष वर्षको एक पटक राष्ट्रिय स्तरका सेमिनारसमेत सञ्चालन गर्दै आएको छ। यसै सिलसिलामा राष्ट्रिय सेमिनारको १०औं संस्करण सुशासन, दिगो विकास तथा समृद्धि भन्ने मूल भावका साथ गर्ने भएका हौं,’ जोशीले भने।

    राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीयलगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा देशभित्र उपलब्ध सम्बन्धित क्षेत्रका विज्ञ व्यक्तित्वहरू तथा रूपान्तरणका लागि सरोकारित सहभागीलाई एकै थलोमा भेला गरी नेपालको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयामहरू सेमिनारमार्फत पहिचान गर्ने लक्ष्य राखिएको जोशीले बताए।

    सेमिनारको अध्यक्ष नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइराला रहदै आएका छन्।