काठमाडौँ– महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार खेलिएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३—२ गोलले हराउको छ। उक्त नतिजापछि अस्ट्रेलिया दबाबमा परेको छ।
समूह ‘बी’ मा चारवटै टोलीले दुई—दुई खेल खेलेका छन्। चार अंकसहित नाइजेरिया पहिलो र समान अंक जोडेको क्यानडा दोस्रो स्थानमा छन्। तीन अंकसहित अस्ट्रेलिया तेस्रो स्थानमा छ। दुईवटै खेलमा पराजित भएको आयरल्यान्ड भने उपाधि होडबाट बाहिरिएको छ। समूहगत चरणको अन्तिम खेलमा जुलाई ३१ तारिखमा क्यानडाले अस्ट्रेलियाको सामना गर्नेछ। अर्को खेलमा सोही दिन आयरल्यान्डले नाइजेरियाको सामना गर्नेछ।