गगनले निर्वाचन आयोगमा तिरे १५ हजार जरिबाना - Chaitanya News
  • 2026-11-17
  • 22:18:38
  • मंगलबार,मंसिर ०२, २०८३
  • गगनले निर्वाचन आयोगमा तिरे १५ हजार जरिबाना

    गगनले निर्वाचन आयोगमा तिरे १५ हजार जरिबाना

    काठमाडौं- नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगलाई १५ हजार जरिबाना तिरेका छन्। गत मंसिरमै निर्वाचनको खर्च विवरण बुझाइसकेका थापाले प्रक्रिया नबुझेपछि जरिबाना तिर्नु परेको हो।

    निर्वाचन खर्च सार्वजनिक गरेकोबारे आयोगलाई जानकारी नगराउने उम्मेदवारलाई आयोगले जरिबाना गर्ने निर्णय गरेको थियो। थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरे पनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन्। सोही त्रुटिका कारण उनले जरिबाना तिर्नु परेको हो।

    ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर, यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिबाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’, उनले भनेका छन्।