सर्वोच्च अदालतले दियो कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश - Chaitanya News
  • 2026-11-18
  • 02:07:13
  • मंगलबार,मंसिर ०२, २०८३
  • सर्वोच्च अदालतले दियो कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश

    सर्वोच्च अदालतले दियो कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश

    काठमाडौं– कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

    सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेको थियो।

    साथै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ। नभए अर्को उपधारामा जान भनिएको छ।

    अर्थात अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ।

    कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन्।