काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमनागरिकलाई सुसुचित गर्ने काम सरकारको भएको बताएकी छिन। मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा आयोजना संवैधानिक निकायु सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सुचना अधिकारीहरुबीचको अन्तरक्रियाको उद्घाटनमा बोल्दै उनले सरकारबाट भए गरेका कामको व्यवस्थित ढङ्गले प्रचारप्रसार तथा नागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको भएको बताएकी छिन्।
यस्तै उनले सूचनाको विषयलाई गम्भीररुपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढु्ङ्गले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसुचित गर्न सरोकारवाला सबैलाई आग्रह गरिन्।
मन्त्री शर्माले सरोकारवाला व्यक्ति एक ठाउँमा बसी अन्तरक्रिया गर्ने, सबैमा भएका अनुभव ज्ञान, सीप र क्षमता आदानप्रदान गर्ने तथा सूचनालाई व्यवस्थित गर्ने आशयका साथ गरिएको यो कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै धन्यवाद दिइन्।
उनले गणतन्त्र दिवसका अवसरमा पुस्तक प्रकाशन गर्दा मन्त्रालयगत तथ्याङ्क विवरण प्राप्तमा आफूले समस्या भोगेको महसुस गरिन्। “कतिपय अवस्थामा तथ्याङ्कको अभाव हुँदा पनि मूलभूतरुपमा नीतिमा फरक नपर्ने गरी मिलाएर बोल्नुपर्ने हुन्छ”, उनले भनिन्, सबै मन्त्रालयले गरेको काम एउटा पोर्टल बनाएर एकीकृत गर्न सके त्यो दैनिक रिर्पोटिङमा जान्छ र सबैलाई जानकारी हुन्छ। ” मन्त्री शर्माले यसमा ध्यान दिन सबैलाई आग्रह गरिन्।
सबै मन्त्रालयले गरेका कामको दैनिक रेकर्ड राख्ने हो भने सूचनाका विवरण खोज्न सहज हुने उनको भनाइ थियो। यसका लागि न्यूनतम खर्चमा एक पोर्टल बनाउने काममा मन्त्रालय लागेको समेत उनले बताइन्।
मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिने पत्रकार सम्मेलनमा सम्बन्धित निकायका प्रवक्ता नै उपस्थित भएर सूचना दिन सके पत्रकार सम्मलेन प्रभावकारी हुने बताउँदै नियमित उपस्थितिका लागि आग्रहसमेत गरिन्।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सरकारले पारदर्शीता र विश्वास कायम गर्नका लागि भए पनि सरकारबाट भएगरेका काम आम नागरिकले थाहा पाउने गरी सूचना दिन हिच्किचाउन नहुनेमा जोड दिइन्।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारले गरेका काम सार्वजनिक गर्ने सन्दर्भमा देखिएका समस्या समाधान गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिए। रासस