काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले व्यानरहरूमा महिलाहरूको फोटो पनि राख्न माग गरेकी छन्।
आज (बुधबार) केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। यस्तै उनले पार्टी निर्माणमा पुरुष नेताहरूको जस्तै महिलाको पनि हात रहेको बताइन्।
“व्यानरमा पुरूषको मात्र फोटो देखिन्छ। कम्तीमा पनि मंगलादेवी, नोना कोइराला, सैलजा आचार्यको तस्बिर पुरूषहरूसँगै जिल्ला जिल्लामा कार्यक्रम गर्दा राखिनु पर्छ। राजनीतिमा उहाँहरूको योगदान छ ,” उनले भनिन्।