कांगेसका महामन्त्री शर्माबाठ बैठकमा सुझावसहितको प्रतिवेदन पेस - Chaitanya News
  • 2026-11-18
  • 02:07:18
  • मंगलबार,मंसिर ०२, २०८३
  • कांगेसका महामन्त्री शर्माबाठ बैठकमा सुझावसहितको प्रतिवेदन पेस

    कांगेसका महामन्त्री शर्माबाठ बैठकमा सुझावसहितको प्रतिवेदन पेस

    काठमाडौं– नेपाली कांग्रेसको माहामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय बैठकमा प्राप्त सुझावहरुसहितको प्रतिवेदन प्रस्तुत गरेका छन।

    जारी बैठकमा उनले आज बैठकको अन्तिम दिन भएकाले लामो छलफल पश्चात् प्राप्त सुझावलाई संलग्न गरेर आवश्यकताअनुरुप कतिपय सुझावलाई केन्द्रीय कार्यालयले कार्यान्वयन गर्नेगरी सुझाव प्रस्तुत गरिएको बताए।

    उनले भने केन्द्रीय कार्य समितिको यो बैठकको अन्तिम दिन हो। स्वदेश र विदेशबाट यो अवधिको छलफलबाट के कस्तो निर्णय गरेको छ भनेर चासो राखेर हेर्नुभएको छ। सबैमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। बैठकको अन्तिम दिन लामो छलफल पश्चात् प्राप्त सुझावलाई संलग्न गरेर आवश्यकताअनुसार कतिपय प्रस्तावलाई केन्द्रीय कार्यालयले कार्यान्वयन गर्नेगरी सुझाव प्रस्तुत भएको उनहाँको भनाइ छ।