मलेसियामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेट - Chaitanya News
  • 2026-11-18
  • 02:07:15
  • मंगलबार,मंसिर ०२, २०८३
  • मलेसियामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेट

    मलेसियामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेट

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुसनबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाल इण्डोनेसिया हुँदै गएराति मलेसिया पुगेका थिए।

    पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले मलेसियाको राजधानी क्वालालम्पुरमा त्यहाँका गृहमन्त्रीसँग भेटवार्ता गरेका पार्टीले जनाएको छ। भेटमा नेपाल र मलेसियाबीचको मैत्री सम्बन्ध तथा दुई देशीय सहयोग र हितका पक्षमा छलफल भएको जनाइएको छ। अध्यक्ष नेपाल सिङ्गापुरको भ्रमण सकेर केही दिनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन गत आइतवार अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान गरेका थिए। उक्त बैठकमा सहभागी राष्ट्रका प्रतिनिधिले सम्बन्धित मुलुकका विकास निर्माण तथा शासन प्रणालीमा कम्युनिस्ट पार्टीको अवस्थाबारे अनुभव आदानप्रदान भएको सो पार्टीले जनाएको छ।