सर्लाही- जिल्लाको बयलबासमा मोटरसाईकल दुर्घटना हुँदा प्रहरी निरीक्षक बसन्त साहको मृत्यु भएको छ।
मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–६ घर भई हाल राष्ट्रिय अनुसन्धान विभाग मलंगवामा कार्यरत प्रहरी निरीक्षक वसन्त साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
साह सवार बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाईकल हिजो (मंगलबार) राति फ्रूलजोड–त्रिभुवननगर सडकखण्डअन्तर्गत खोरिया पुल नजिक दुर्घटना भएको थियोे।
स्थानीयले मोटरसाईकल दुर्घटना भएको स्थान नजिकै आज (बुधबार) बिहान साहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।