महिला विश्वकप फुटबलमा स्विट्जरल्यान्ड र नर्वेको बराबरी - Chaitanya News
  • 2026-06-06
  • 19:00:32
  • शनिबार,जेठ २३, २०८३
  • महिला विश्वकप फुटबलमा स्विट्जरल्यान्ड र नर्वेको बराबरी

    महिला विश्वकप फुटबलमा स्विट्जरल्यान्ड र नर्वेको बराबरी

    काठमाडौं – फिफा महिला विश्व कप फुटबल २०२३ मा स्विट्जरल्यान्ड र नर्वेले बराबरी खेलेका छन्।

    आज मङ्गलवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेलेका हुन्। यो बराबरीसँगै समूह ए का टोलीले १र१ अङ्क बाँडेका छन्।

    यसअघि आजै भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० र फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हराएको छ।

    आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन्। फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ।