सवारी दुर्घटनामा कर्मचारीको मृत्यु - Chaitanya News
  • 2026-11-17
  • 22:16:56
  • मंगलबार,मंसिर ०२, २०८३
  • सवारी दुर्घटनामा कर्मचारीको मृत्यु

    सवारी दुर्घटनामा कर्मचारीको मृत्यु

    पाँचथर- पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान एक बजेर ४५ मिनेट जाँदा फिदिम–२ ओदिनमा भएको दुर्घटनामा झापाको विर्तामोड नगरपालिका ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो।

    अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फिदिम २ ओदिन नजिकै दुर्घटनामा परेको थियो। मृतक प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत थिए।

    उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो।

    मोटरसाइकलमा उनी सामदिनदेखि फिदिमतर्फ आँउदै गर्दा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले बताए।

    अगाडिको मोटरसाइकलमा रहेका उनकै सहकर्मीले दुर्घटनाका विषयमा प्रहरीलाई जानकारी गराए लगत्तै उद्वार गरी उपचारार्थ पाँचथर अस्पताल ल्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।