पहिराले घर पुरिंदा आमाछोराको मृत्यु, तीन जना घाइते - Chaitanya News
  • 2026-11-18
  • 23:01:51
  • बुधबार,मंसिर ०३, २०८३
  • पहिराले घर पुरिंदा आमाछोराको मृत्यु, तीन जना घाइते

    पहिराले घर पुरिंदा आमाछोराको मृत्यु, तीन जना घाइते

    पहिराले घर पुरिंदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-२, भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

    आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुरिंदा घरमा सुतिरहेका उनीहरूको मृत्यु भएको हो। पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन्। पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ।