काठमाडौं- सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीहरूमा खरिद तत्परता भए नभएको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अनुगमन गर्ने भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयमा पद बहाली गर्ने क्रममा सचिव डा. दामोदर रेग्मीले उक्त कुरा बताएका हुन्।
सार्वजनिक खरिद सम्बन्धी कानूनी व्वस्था हुदा हुदै पनि सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीहरुमा खरिद तत्परता नभएको कारणले पूजीगत खर्चको प्रभावकारिता हुन सकेको छैन। यसर्थ अव सार्वजनिक खरिद अनुगमन कार्यालयले उपरोक्त दुई पक्षमा समेत ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने भएको छ।
यसको साथै खरिद कानूनलाइ समसामयिक बनाउन तयार गरिएको खरिद कानूनको मस्यौदामा छिटै सरोकारवालाहरु संग छलफल गरि अन्तिम रुप दिइने सचिव डा. रेग्मीले बताए। सार्वजनिक खरिद महत्वपूर्ण विधा भएकोले यस विधाको सशक्तिकरण गर्दै संस्थागत साख अभिवृध्दिमा ध्यान दिनु पर्ने कुरा उनले बताए।
कार्यक्रममा सहसचिव द्वय उमेश ढुंगाना र चक्रवर्ती कण्ठ लगायत सवै कर्मचारीहरुको उपस्थिति रहेको थियो। यसैबीच सचिव डा रेग्मीले सार्वजनिक खरिदका समसामयिक विषयहरुमा खरिद पुनरावलोकन समितिका पदाधिकारीहरूसँग पनि छलफल गरेका छन्।