अब सार्वजनिक यातायातका चालक र सहचाकलाई ड्रेस र परिचय पत्र अनिवार्य - Chaitanya News
  • 2026-11-17
  • 22:16:49
  • मंगलबार,मंसिर ०२, २०८३
  • अब सार्वजनिक यातायातका चालक र सहचाकलाई ड्रेस र परिचय पत्र अनिवार्य

    अब सार्वजनिक यातायातका चालक र सहचाकलाई ड्रेस र परिचय पत्र अनिवार्य

    काठमाडौँ –  सार्वजनिक यातायातका चालक र सहचाकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीलाई ड्रेस,परिचयपत्र र सवारी साधनको सफाइ अभियान सुरू गरेको हो ।

    यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आइतबार आयोजना गरेको एक कार्यक्रममा मन्त्री प्रकाश ज्वालाले सवारी चालक र सहचालकलाई परिचय पत्र,ड्रेस हस्तान्तरण गरेका हुन्। मन्त्री ज्वालाले चालक र सहचालकको बोली, भाषा र व्यवहार यात्रुमैत्री हुनुपर्ने बताएका छन् |

    उनले बोलीकै कारणले कतिपय यात्रुहरूले समस्या भोग्नु परेको बताउँदै पोशाक र परिचय पत्र अनिवार्य गरेपछि पीडितहरूले गुनासो सम्बन्धित ठाउँमा गर्नसक्ने बताए। ऊनले चालक र सहचालकले पनि यस विषयमा गम्भीर हुन अनुरोध गरे।

    सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक बसको सफाइको प्रतिबद्धता जनाएको छ । काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै सवारी साधनमा अब ड्रेस र सफाइ अभियान सञ्चालन हुने भएको छ ।