६ सचिवको सरुवा, को कहाँ? - Chaitanya News
  • 2026-11-18
  • 22:15:55
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौं- सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बुधवारको मन्त्रिपरिषद्को निर्णय अनुसार ६ सचिवको सरुवा गरिएको हो । ‘पहिलो लट’ अन्तर्गत बिहान मात्रै ४ जना सचिवको सरुवा गरेकोमा दिउँसो थप ६ सचिवको सरुवा गरिएको छ। यससँगै १० जना सचिवको सरुवा भएको छ।

    पछिल्लो लटमा सरुवा हुने सचिवहरूमा युवा तथा खेलकुद मन्त्रालयका सूर्य प्रसाद गौतमको निर्वाचन आयोग, निर्वाचन आयोगका गोकर्णमणि दुवाडीको भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय, भूमि तथा सहकारीका दामोदर रेग्मीको सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएको छ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीको उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। त्यहाँका सचिव तोयम रायालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ।

    कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपी खनालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ।