बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो - Chaitanya News
  • 2026-11-18
  • 22:15:35
  • बुधबार,मंसिर ०३, २०८३
  • बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो

    बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो

    काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ठूलो परिमाणको सुनको तौल जोख्न र शुद्धता जाँच गर्न राष्ट्र बैंक लगिएको छ । राजस्व अनुसन्धान विभागले सो सुन बरामद गरेको थियो ।

    अहिले सो सुन जोख्न र शुद्धता जाँच गर्न राजस्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा लगेको हो । सो सुन एक क्वीन्टल रहेको अनुमान छ ।

    तर यकिन तौल जोखेपछि पुष्टि हुनेछ । यो प्रकरणमा एक जना भारतीयसहित ६ जना पक्राउ परिसकेका छन् । सुन तस्कर गिरोहबारे अनुसन्धान जारी छ ।