त्रिभुवन भन्सारका अधिकृत निलम्बित - Chaitanya News
  • 2026-11-17
  • 21:02:28
  • मंगलबार,मंसिर ०२, २०८३
  • त्रिभुवन भन्सारका अधिकृत निलम्बित

    त्रिभुवन भन्सारका अधिकृत निलम्बित

    काठमाडौं- सुन तस्करीलाई साथ दिएको आशंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको छ।

    त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएपछि चन्दलाई निलम्बन गरिएको र अन्यमाथि पनि छानविन र कारवाहीको तयारी गरिएको भन्सार विभागले जानकारी दिएको छ। भन्सारका अन्य एक जना सुब्बा पनि निगरानीमा रहेको स्रोतको भनाई छ।

    मोटरसाइकल तथा स्कुटरको ब्रेक सु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । एक सय ६० केजी अवैध सुनबारे राजश्व अनुसन्धानले सुचना पाएपछि उसले हस्तक्षेप गरेर बरामद गरेको थियो।

    यसरी चीन तथा हङकङ हुँदै नियमितरुपमा सुन तस्करी हुँदै आएकोमा २९औं पटकमा पक्राउ गरिएको हो। विमानस्थलमै रहने सरकारी युनिटहरुको मिलेमतोमा सुन तस्करी हुँदै आएकोमा अहिले भने राजश्व अनुसन्धानले हस्तक्षेप गरेर पक्राउ गरिएको हो। तस्करीमा संलग्न रहेको आशंकामा केही व्यक्ति र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ। यसमा एक जना नाम चलेका ठूलो व्यवसायको नाम आएको छ।