एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक - Chaitanya News
  • 2026-06-06
  • 19:00:21
  • शनिबार,जेठ २३, २०८३
  • एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

    एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

    काठमाडौँ– आगामी भदौ १३ देखि ३१ (अगस्ट ३० देखि सेप्टेम्बर १७) गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

    एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ ।आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।

    यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।

    एशिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

    प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर चारमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।