मन्त्रालयको निर्देशन विपरित दरबन्दीका कर्मचारी फिर्ता गर्दै स्थानीय तह - Chaitanya News
  • 2026-11-17
  • 20:21:57
  • मंगलबार,मंसिर ०२, २०८३
  • मन्त्रालयको निर्देशन विपरित दरबन्दीका कर्मचारी फिर्ता गर्दै स्थानीय तह

    मन्त्रालयको निर्देशन विपरित दरबन्दीका कर्मचारी फिर्ता गर्दै स्थानीय तह

    काठमाडौं- नयाँ आर्थिक वर्ष सुरु भएसँगै स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी व्यवस्थापनमा थप समस्या देखिन थालेको छ। समायोजन मिलानका क्रममा कतै आवश्यकताभन्दा बढी र कतै कम कर्मचारी भएपछि अगाडिदेखि नै समस्या झेलिरहेको स्वास्थ्यमा पछिल्लो समय झनै जटिलता थपिएको हो।

    साउनदेखि स्थानीय तहहरूले समायोजन मिलान भएका स्थायी दरबन्दीका कर्मचारीलाई समेत कामकाजमा रोक लगाउन थालेका छन्। कैलालीको धनगढी उपमहानगरपालिकाले समायोजन मिलानमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीलाई साउन १ गतेदेखि हाजिर गराएको छैन।

    समायोजन मिलान भएर कार्यरत कर्मचारीलाई हाजिर नगराएपछि उपमहानगरपालिकाले अन्याय गरेको भन्दै धनगढीका कर्मचारी साउन १ गते (सोमबार)देखि नै धर्नामा छन्।

    मन्त्रालयको पछिल्लो परिपत्रपछि केही स्थानीय तहले त्यसको अपव्याख्या गर्दै समस्या पैदा गरेको स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख तुलसीनाथ गौतम बताउँछन्।

    मन्त्रालयले असार २५ गते सबै स्थानीय तहलाई परिपत्र गर्दै समायोजनका क्रममा काजमा रहेका कर्मचरीलाई साउन १ गतेदेखि अनिवार्य फिर्ता हुन निर्देशन दिएको थियो। मन्त्रीस्तरीय निर्णय सर्कुलर गर्दै मन्त्रालयले समायोजन मिलानका क्रममा दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई साउन १ गतेभित्र जुन स्थानीय तहबाट पठाएको हो, त्यहीँ फिर्ता गर्न निर्देशन दिएको थियो।

    तर, सो पत्रको अपव्याख्या गर्दै स्थानीय तहले तोकिएको दरबन्दीभित्रै रहेर काम गरिरहेका कर्मचारीलाई पनि हाजिर गराउन छोडेका छन्।

    मन्त्रालयको परिपत्रमा के छ?