उत्कृष्ट काम गर्ने २४ प्रहरी कर्मचारी पुरस्कृत (सूचीसहित) - Chaitanya News
  • 2026-11-17
  • 20:23:17
  • मंगलबार,मंसिर ०२, २०८३
  • उत्कृष्ट काम गर्ने २४ प्रहरी कर्मचारी पुरस्कृत (सूचीसहित)

    उत्कृष्ट काम गर्ने २४ प्रहरी कर्मचारी पुरस्कृत (सूचीसहित)

    काठमाडौं- प्रहरी प्रधान कार्यालयले एआईजी मीरा चौधरी, डीआईजी बुद्विराज गुरुङसहित २४ जना प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ।

    पुरस्कृत हुनेको सूचीमा एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पनि परेका छन्।

    प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै उनीहरूलाई नगदसहित पुरस्कृत गरेका हुन्।

    अनुशासित ढंगले लगनशील, इमान्दार, व्यावसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्यसम्पादन गरेको भन्दै उनीहरूलाई पुरष्कृत गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।