पार्टी निर्देशनअनुसार सरकारमा रहेर काम गरिरहेका छौं : उपसभापति खड्का - Chaitanya News
  • 2026-11-17
  • 20:22:17
  • मंगलबार,मंसिर ०२, २०८३
  • पार्टी निर्देशनअनुसार सरकारमा रहेर काम गरिरहेका छौं : उपसभापति खड्का

    पार्टी निर्देशनअनुसार सरकारमा रहेर काम गरिरहेका छौं : उपसभापति खड्का

    काठमाडौं- नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाको कुशलताका कारण एमाले–माओवादी नेतृत्वको गठबन्धन भत्काएर आफ्नो दलको नेतृत्वमा नयाँ गठबन्धन बनाउन सकेको बताएका छन्। उनले सभापति देउवासहित नेताहरूको कुशलतापूर्वक कदमको कारण पार्टी संघ र प्रदेशमा सरकारको नेतृत्वमा फर्किएको बताए।

    आजबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बजेट ल्याउने र सरकार सञ्चालनको सम्बन्धमा सभापति देउवासहित नेताहरुको सल्लाहमा नै काम गरिरहेको स्पष्ट पारे। उनले आफूहरुले आम मतदाताहरुको भावनालाई केन्द्रमा राखेर काम गरिरहेको बताए।

    उनले काम गर्दाको यो साँढे तीन महिनाको अवधिका कमिकमजोरी भएर सुझाव दिन आग्रह पनि गरे। उनले अहिले मुलुकको अर्थतन्त्र प्रतिकुल अवस्थामा रहेको सुनाए । उनले सरकारले ऋणात्मक अवस्थामा काम गरिरहेको बताए।

    उनले सरकारले अर्थतन्त्र सुधार गर्ने कोशिस गरिरहेको बताए। बजेट निर्माण गर्ने सम्बन्धमा कतिपय सन्दर्भमा अप्ठ्यारोहरु भएको पनि उनको भनाई छ । उनले सकारात्मक सोचका साथ मुलुकको यथार्थलाई साथमा राखेर बजेट ल्याईएको बताए।