काठमाडौं- मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
संघले हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि रिक्त रहेको कप्तान पदमा मानबहादुरलाई नियुक्त गरेको हो ।
सन् २०१५ मा मानबहादुरले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । मानबहादुरले त्यसयता निरन्तर टोलीमा रहँदै नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिगमा सहभागिता जनाएका छन् ।
२६ वर्षीय ओपन स्पाइकर मानबहादुरले त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका छन् ।